काठमाडौं । प्रिमियम सुविधा र अत्याधुनिक सुरक्षा प्रविधिसहितको १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ई-डेलिभर ५’ नेपाली बजारमा सार्वजनिक भएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गत म्याक्ससको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हिमालयन मोटर्स प्रालिले काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच उक्त मिनिबस सार्वजनिक गरेको हो। कम्पनीका अनुसार म्याक्सस ई-डेलिभर ५ को नेपाली बजार मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। होटल, रिसोर्ट, पर्यटन तथा आतिथ्य सेवा र व्यावसायिक यातायात क्षेत्रलाई लक्षित गरी ल्याइएको यो विद्युतीय मिनिबसमा आरामदायी यात्रा, आधुनिक प्रविधि र व्यावहारिक उपयोगितालाई प्राथमिकता दिइएको छ। नेपालमा सार्वजनिक तथा व्यावसायिक यातायातका लागि विद्युतीय ... The post ६९ लाख ५० हजार रुपैयाँमा म्याक्ससको १६ सिटे विद्युतीय मिनिबस ‘ई-डेलिभर ५’ नेपाली बजारमा appeared first on Kalika Khabar.