धरानमा घामपानी नभनी मकै पोल्दै आएकी शान्ति मासिक ८० हजारसम्म कमाउँछिन्
सोमबार २६ असो २०८३ ०७:०९ AM
सुनसरी । धरान उपमहानगरपालिका–१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घरखर्च चलाउँदै आएकी छन् । श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी सम्हाल्दै आएकी शान्तिका लागि मकै पोल्ने व्यवसाय जीविकोपार्जनको मुख्य आधार बनेको