काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना आज दिउँसो १२:३० बजेदेखि सुरू हुने भएको छ। मतगणना ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ।आज हुने मतगणनाअन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदका मत गनिनेछन्। यी पदको मतपत्र नम्बर ११ रहेको समितिले जनाएको छ।त्यसैगरी,सुदूरपश्चिम प्रदेशअन्तर्गत केन्द्रीय सदस्य (महिला), केन्द्रीय सदस्य (खुला), ३५ वर्षमुनिका य