मुगु : मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालक मृत अबस्थामा प्रहरीले फेला पारेको छ ।सोमबार बिहान करिब ८ः३० बजे खत्याड गाउँपालिका–११ स्थित बिराखोलामा मुगु–रारा भित्री सडकखण्डको बेलिब्रिज पुल जोड्ने नयाँ सडक निर्माणका क्रममा माथिबाट सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिएका चालक विमल बागको मृत अबस्थामा प्रहरीले फेला पारेको हो।जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटर र त्यसका चालक बझाङ बुं