गलौँदीमा मर्मतका लागि राति ५ घण्टा पृथ्वी राजमार्ग बन्द हुने

  • सोमबार २६ असो २०८३ ०१:०० PM
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा सडक मर्मतसम्भारका लागि सोमबार राति पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि नयाँ ट्र्याक निर्माण गरी दुईतर्फी रूपमा सवारी सञ्चालन गरिएको सडकखण्डमा थप मर्मतसम्भार गर्नुपर्ने भएकाले आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।कार्यालयका अनुसार असोज २६ गते सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म गलौँदी हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रो