बुढीगण्डकी बाढीपछि चुम उपत्यका पुगेका पर्यटक अलपत्र

  • सोमबार २६ असो २०८३ ०१:०० PM
गोरखा : भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटक अलपत्र परेका छन् । आइतबारको बुढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि उनीहरू अलपत्र परेका हुन् । हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटकहरू अत्तालिएका होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले जानकारी दिए । कतिपयलाई सोमबार बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको उनले बताए । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा धेरै पर्यटक छन् ।कतैपनि जान नपाएपछि पर्यटकहरू रोएर बस