काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले पास आउट भएका प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन्। सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम (१-१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन पनि प्रहरी अधिकृतहरूलाई आग्रह गरे ।