काठमाण्डु- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टी पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार रहेका महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। महामन्त्रीमा पराजित भएपछि उनले आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव