हिमालयन लाइफको कार्यवाहक सीईओमा कबि फुयाँल नियुक्त

  • सोमबार २६ असो २०८३ ०६:२९ AM
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबि फुयाँल नियुक्त भएका छन् । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी उनलाई वरिष्ठ नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको छ ।