निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई चाडपर्व खर्च सुनिश्चित गर्न श्रम मन्त्रालयद्वारा छुट्टै पत्राचार

  • सोमबार २६ असो २०८३ ०६:३० AM
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसायी तथा निजी विद्यालयका छाता सङ्गठनहरूलाई पत्राचार गर्दै आफ्ना सम्पूर्ण श्रमिकहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन पत्राचार गरी निर्देशन दिएको छ। विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका नेतृत्वदायी