सुनको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • सोमबार २६ असो २०८३ १२:०१ PM
काठमाडौं : नेपाली बजारमा आज (सोमबार) सनु-चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २१ सय रुपैयाँले घटेको हो । यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (आइतबार) सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी  ४ हजार ४४० रुपैयाँमै कारोबार भएको थियो।