दक्षिण अष्ट्रेलियामा भीषण आँधी, हजारौँ घरमा विद्युत् अवरुद्ध

  • सोमबार २६ असो २०८३ ०५:२६ AM
काठमाण्डु– अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र तीव्र हावाले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। घटनापछि १०० भन्दा बढी व्यक्तिले आपत्कालीन सहायता मागेका छन्। राज्यका विभिन्न भागमा आइतबार दिउँसोदेखि सुरु भएको आँधी आइतबार राति राजधानी एडिलेडसम्म पुगेको थियो।