ललितपुर- सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई सोमबारदेखि फिर्ता बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबार बिहानैदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाइएको हो। यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। आगजनीबाट क्षति पुगेको कार्यालयको एमालेले पुनर्निर्माण गरी