एजेन्सी– यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुथी