महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने : नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउँछु

  • सोमबार २६ असो २०८३ ११:०१ AM
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन् । प्रदीप पौडेल र उदय शमशेर राणासँग पराजित भएका उनले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताएका हुन्।उनले यो अन्त्य नभई, नयाँ सुरुवात भएको बताए। ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक स