भदौ १० को भोटेकोशी–त्रिशूली बाढीले जीवन, जीविका र सम्पदा उजाड्यो। देवीघाटमा पुगेको क्षति र बेत्रावतीको सन्धिशिला बगेको घटनाले इतिहास र आस्थामा पनि चोट पु¥यायो। असोज १९ सम्म उपलब्ध विवरणअनुसार कम्तीमा १ हजार ४ सय ५५ जनाको मृत्यु भएको थियो भने ५ हजार २ सय ८५ जना बेपत्ता थिए। पुनर्निर्माणमा करिब ७ खर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक सरकारी अनुमान छ। यसै क्षतिबाट नेपालले विश्वसामु सहयोग र जलवायु न्याय मागेको छ तर काठमाडौंले आफ्नै प्रदूषण घटाउन र नागरिक जोगाउन के गर्नुपर्छ भन्ने कुराल