हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा तिलगंगा आँखा उपचार केन्द्र (निचुटा, पर्सा) को समन्वयमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट १ हजार ३ सय ६२ जना लाभान्वित भएका छन्।फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा पटेर्वा सुगौली गाउँपालिकाको स्थानीय सहकार्यमा गत असोज १७ देखि २२ गतेसम्म पर्साका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको थियो। शिविर जानकीटोला (जगरनाथपुर–२), पोखरिया–४, सुवर्णपुर (ठोरी–५), महादेवपट्टी (जिराभवानी&ndas