काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको बैठक आज असोज २६ गते बिहान ९ः१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ । समितिले असोज २३ गते सूचना जारी गर्दै आफ्नो १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि छलफल गर्ने कार्यसूची