काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदयशम्शेर राणाले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, क्रियाशील सदस्य, शुभचिन्तक तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै राणाले महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीका नयाँ नीति तथा कार्यक्रम तय गर्ने अवसर पनि भएको बताए । उनले