काठमाडौं । बडादशैँ नजिकिएसँगै काठमाडौंको नयाँ बसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैँमा परिवार र आफन्तसँग भेटघाट