काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशअन्तर्गतका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गोरखाको आरुघाट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य चार स्थानका सडक खण्डहरूमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ मा बाढीले दुईवटा पुल बगाएपछि गोरखा–धादिङ जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल तथा वडा नं