काठमाडौं । भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् । कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिनेछन् । हाल टेन्डर प्रक्रिया अगाडि बढिरहेको यी परियोजनाले सीमाञ्चल तथा मिथिला क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ । मुजफ्फरपुर–सोनबरसा करिडोर : ९० मिनेटमै नेपाल सीमा पुगिने नेपालको सीमासम्म द्रुत पहुँच पुर्याउन ८३ किलोमिटर लामो मुजफ्फरपुर–सोनबरसा फोरलेन निर्माण गरिन लागेको हो । ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यो सडक बनेपछि मुजफ्फरपुरबाट सीतामढी ४० मिनेटमा र नेपाल बोर्डर (सोनबरसा) मात्र ९० मिनेटमा पुग्न सकिनेछ । यस करिडोरअन्तर्गत ३४० मिटर लामो एक ठूलो पुल, पाँचवटा साना पुल तथा तीनवटा रेलवे ओभरब्रिज निर्माण गरिनेछ । यसबाट सीमावर्ती क्षेत्रका बासिन्दालाई मुजफ्फरपुर र सीतामढीका मुख्य बजारसम्म आवतजावत गर्न तथा स्थानीय उत्पादन ढुवानी गर्न सहज हुनेछ । खगडिया–पूर्णिया खण्ड : नेपाल र बंगालतर्फको ढुवानी सहज बन्ने ३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागतको १४४ किलोमिटर लामो खगडिया–पूर्णिया फोरलेन बनेपछि हाल लाग्दै आएको करिब ६ घण्टाको यात्रा घटेर डेढदेखि दुई घण्टामा सीमित हुनेछ । यसबाट खगडिया, भागलपुर, कटिहार र पूर्णिया क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । पूर्णियामा ६