दोहोरिँदै आकस्मिक बाढी, कारण अझै अज्ञात

  • सोमबार २६ असो २०८३ ०८:०१ AM
काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईसीसी) का विभिन्न प्रतिवेदनले विश्वव्यापी तापमान वृद्धिसँगै आकस्मिक बाढीको खतरा बढ्ने चेतावनी दिइसकेका छन। विशेषगरी आईपीसीसीको छैटौं मूल्यांकन प्रतिवेदन (एआर६) ले आकस्मिक बाढी र वर्षाका कारण हुने बाढीले मानव जीवनमा चुनौती थप्ने बताइसकेको छ। आईपीसीसीको प्रतिवेदनअनुसार प्रत्येक १ डिग्री तापक्रम बढ्दा वायुमण्डलमा ७ प्रतिशत आद्रता बढ्छ। जसकारण तीव्र वर्षा हुन्छ। तापक्रम वृद्धिले विश्वको जलचक्रलाई पनि प्रभाव पार्छ। यसले आकस्मिक बाढी ल्