काठमाडौं : लगानीकर्ताको मनोबल गिरेपछि घट्दो क्रमको सेयर बजार उकास्नका लागि सरकारको तर्फबाट विभिन्न प्रयासहरू भइरहेका छन्। सेयर बजार सुधारका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको पहलमा केही समयअघि सुदृढीकरण कार्ययोजनासमेत आयो। सेयर बजारमा त्यसको त्यति प्रभाव देखिएन। यस साता सेयर बजारमा निकै उत्तारचढाव देखियो, अन्तिममा नेप्सेमा सामान्य सुधार भएर बजार बन्द भयो। असोजको चौथो सातामा पाँचै दिन कारोबार भएकोमा नेप्से ३ दिन बढेर २ दिन घट्यो। अघिल्लो साता भने पाँचै दिन कारोबार भएकोमा नेप्से ४ दिन घटेर १