गोरखा : बुढीगण्डकीको सहायक खोला हो– स्यार। स्यारको पनि सहायक खोला उङ्गिलुङमाथि शनिबार राति सुक्खापहिरो खस्यो। चुमनुब्री गाउँपालिका—६ स्थित उङ्गिलुङ खोला लामो समय थुनिएर आइतबार बिहान ४ बजेतिर एक्कासि खुल्दा स्यारखोला हुँदै बुढीगण्डकीमा पानीको बहाब बढ्यो। लेदोसहितको बाढीले उडाएको कालो बाफले बुढीगण्डकी उपत्यका आइतबार दिनभर त्रासमय बन्यो।बाढीले विभिन्न ठाउँमा पहिरो झर्दा बुढीगण्डकी आइतबार बिहान पटक–पटक थुनिँदै–खुल्दै गर्यो। यसले गर्दा बुढीगण्डकी उपत्यकाका बासिन्दामा