काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोदकुमार चौधरी विजयी भएका छन्। त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उपसभापतिमा चन्द्रकान्तलाई सर्वाधिक मत उपसभापति खुलातर्फ डा.