सिपमूलक र व्यावसायिक तालिम सञ्चालको तयारीमा काठमाडौँ महानगरपालिका : प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी अभिमुखीकरण 

  • सोमबार २६ असो २०८३ ०७:४३ AM
काठमाडौँ । मानव पूँजी पलायन रोक्न देशमै रोजगार र स्वरोजगारको सम्भावना बढाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले थालनी गरेको सिप मेलाको तेस्रो संस्करण सञ्चालनका लागि तयारी गरिरहेको छ । १५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम अन्तर्गत मेला सञ्चालन गर्न थालिएको हो । सिप नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने मेलाबाट लिइएको लक्ष्य हो । दोस्रो संस्करण सम्पन्न हुँदा मेलाबाट ७ हजार ७८० जनालाई तालिम प्रदान गरिसकिएको छ । जसमध्ये ५० प्रतिशत रोजगारीमा हुनुहुन्छ ।  यस वर्ष तेस्रो संस्करणको मेला आयोजनाका लागि तयारी गर्ने क्रममा सामाजिक विकास विभागले एक दिवसीय अभिमुखीकरण तालिम आयोजना गरेको छ । स्थानीय आर्थिक विकास, रोजगारी प्रवर्धन, उद्यमशीलता विकास तथा आय वृद्धि मार्फत समृद्ध महानगर निर्माण गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको भूमिका, अवसर चुनौती तथा स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन तालिमको विषय थियो । तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने साझा लक्ष्यका लागि काम गरिरहेको बताउनुभयो । ‘देशभित्र नै आय आर्जनका अनेक सम्भावना छन् । यसका लागि सिपमूलक तथा व्यावसायिक तालिम दिएर रोजगारी सिर्जना गर्ने हाम्रो कार्यक्रम हो । यसबाट मानव पुँजी पलायन हुनबाट रोक्न सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौँ ।’ उहाँको भनाइ थियो ।  बेरोजगार युवालाई रोजगारसँग जोड्नका लागि धेरै व्यक्तिलाई एउटै स्थलमा तालिम दिन थालेका छौँ । अभिमुखीकरण कार्यक्रममा सामाजिक समितिका संयोजक रामकुमार के