बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी दोस्रो रूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखेर पहिलो दिन शैलपुत्रीको पूजा गरिएसँगै दसैँ सुरु भएको होे । आज पूजास्थल तथा दसैँ घरहरूमा ब्रह्मचारिणी देवीको आह्वान गरी विशेष उपासना गरिन्छ । घटस्थापना गरिएको स्थलमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी),