काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले स्पष्ट पारेको छ । मधेस प्रदेशको मतपेटिका हराएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो स्पष्टीकरण दिएको हो । निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र पहिचानका लागि नम्बर राखिएको