राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

  • आइबार​ २५ असो २०८३ ०३:३२ PM
काठमाडौं । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले समाजका पूर्वअध्यक्ष एवं नेपाल सरकारको सचिवमा हालै बढुवा भएका राष्ट्रसेवक रुद्रसिंह तामाङलाई आज सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदस्थापन भएका तामाङलाई समाजका अध्यक्ष डा. उदयबहादुर रानामगर, संस्थापक अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल सरकारका पूर्वसचिवद्वय तुलसीप्रसाद थपलिया र रामप्रसाद थपलियालगायतले सफल कार्यकालको कामनासहित सम्मान प्रदान गरे