हुम्ला : नेपाली कांग्रेस संस्थापनइतर समूहको हुम्ला जिल्ला सभापतिमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनले शाहीलाई सभापति चयन गरेको हो। शाही यसअघि पनि जिल्ला सभापति नै थिए। यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा बुद्धि बम र सचिवमा जीवन बोहोरा चयन भएका छन्। सभापति शाहीका अनुसार, ४३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ भने अन्य पदाधिकारी चयनका लागि छलफल भइरहेको छ।