अन्नपूर्णले मनायो ‘एएमएन डे’, सुरु भयो एकीकृत समाचार कक्ष

  • आइबार​ २५ असो २०८३ ०९:०० PM
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो स्थापनाको सन्दर्भमा आइतबार ‘एएमएन डे’ मनाएको छ । तथ्यपरक, जिम्मेवार र सन्तुलित पत्रकारिताको अगुवाई गरिरहेको अन्नपूर्णले बडादशैंको सुरुवाती दिन घटस्थापनामा एएमएन डे मनाउँदै आएको छ।बडादशैं तथा एएमएन डेको अवसरमा आयोजित कार्यक्रममा अन्नपूर्णले आफ्ना सबै सञ्चारमाध्यमहरू प्रविधिको उच्चतम प्रयोगसहित एउटै समाचार कक्षबाट थालिएको घोषणासमेत गरेको छ।‘विकसित देशहरूमा प्रयोगमा आइरहेको इन्टिग्रेटेड न्यूजरुमको अभ्यास हामीले सुरु गरेका छौं। प्रविधिको