बुढीगण्डकी बाढीबारे प्रधानमन्त्रीले भने : कारण पत्ता लगाउन टोली परिचालन गरिएको छ

  • आइबार​ २५ असो २०८३ ०९:०० PM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुढीगण्डकीमा आएको बाढीको कारण पत्ता लगाउन टोली परिचालन गरिएको जानकारी दिएका छन्।आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन जनाको टोली ड्रोनसहित परिचालन गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहका अनुसार, नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ।यस्तै, प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर चलिरहेको र बैठकबाट बा