बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ९ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो

  • आइबार​ २५ असो २०८३ ०३:०८ PM
गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित फौजको सहयोगमा आइतबार साँझ ७ बजेसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार जगतबाट १७, यारुबाट २२, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुँबाट