काठमाडौं : गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन्। बाढीले घर, गोठ, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रबाट नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका-६, चुम्लिङ नजिकै उर्लुङ खोलाबाट गेग्रान बहाब आई धार्चे खोला हुँदै बुढीगण्डकी नदीमा ठूलो बाढी आएको हो।बाढीका कारण प्रारम्भिक विवरणअनुसार पाँच जना सम्पर्कविहीन छन