धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरी सवारी आवागमन सुचारु गरिएको छ। तर, सवारीसाधनको अत्यधिक चाप र कमजोर ट्राफिक व्यवस्थापनका कारण यात्रु र चालकले भने सास्ती खेप्नुपरेको छ।त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि शुक्रबारदेखि अवरुद्ध भएको राजमार्गमा शनिबार मध्यराति नयाँ ट्र्याकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो। त्यसपछि सवारीसाधन गन्तव्यतर्फ जान थालेका हुन्।नयाँ ट्र्याकबाट सवारी आवागमन सुरु भए पनि गलौँदी क्षेत्रमा सव