बेलायतमा आयोजित क्याम्ब्रियन पेट्रोल प्रतियोगितामा नेपाली सेनाले फेरि स्वर्ण पदक जितेको समाचारले यस साता नेपाली सञ्चारमाध्यममा प्रमुख स्थान पाएको छ । नेपाली सेनाको अवकाशप्राप्त सदस्यका नाताले यस उपलब्धिप्रति गर्व लाग्नु स्वाभाविक हो । संयोगवश यही उपलब्धि सार्वजनिक हुँदा प्रधानसेनापति मित्रराष्ट्र बेलायतको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो । प्रतियोगितामा सहभागी सैनिकहरूसँग तस्बिर खिचाएर उनीहरूको हौसला बढाउने अवसर उहाँलाई