आइसीसी विश्वकप लिग–२ : २६ ओभरमा क्यानडाको १०० रन पूरा

  • आइबार​ २५ असो २०८३ ०६:०० PM
काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृंखलामा नेपालले दिएको २३६ रनको विजयी लक्ष्य पछ्याएको क्यानडाले २६ ओभरमा ४ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ। क्यानडाका ओपनर युवराज शर्मालाई करण केसीले १ रनमै एलबीडब्ल्यू धरापमा पार्दा अर्का ओपनर आरोन जोनसन ४४ रनमा क्याच भए।वान डाउन आएका समित गोहेल ३५ रन बनाउँदै रन आउट भए। आदित्य बरदराजन सन्दीपको हातबाट डकआउट भए। नेपालको लागि सन्दीप लामीछानेले २ विकेट लिँदा करण केसीले १ विकेट लिए।