४७ दिनमा ७० किलोमिटरभित्र दुई ठूला बाढी, भोटेकोशी र बुढीगण्डकीले दिए हिमाली क्षेत्रबाट डरलाग्दो सन्देश

  • आइबार​ २५ असो २०८३ ११:२४ AM
काठमाण्डु- गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको सम्भावित कारण पहिरोले नदी थुनिएर एक्कासि फुट्नु रहेको प्रारम्भिक अनुमान गरिएको छ। तर पहिरो कहाँ गएको थियो, नदी कसरी थुनियो र बाढी उत्पन्न हुनुको वास्तविक कारण के थियो भन्ने विषयमा प्राविधिक अनुसन्धान थालिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान