काठमाण्डु- काठमाण्डुको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा महिला शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार असोज २२