काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नजिकको साथी र कमरेड भन्दै नजिकिनेहरूबाटै धोका हुने गरेको टिप्पणी गरेका छन्। उनले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै जस्तोसुकै चुनौती आए पनि नझुक्ने बताएका छन्। पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आइतबार काठमाण्डुको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नै