कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी

  • आइबार​ २५ असो २०८३ ११:३८ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सम्पन्न गर्न अझै पाँचदेखि सात दिन लाग्ने अनुमान गरिएको छ । केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणनामा समय लागेको बताए । सानेपास्थित पार्टी कार्यालयमा जारी मतगणनाबारे जानकारी दिँदै पराजुलीले उपसभापति र महामन्त्री पदको मतगणना भोलिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको