ललितपुरको हरिसिद्धीमा कवाडी सङ्कलन गर्ने बहानामा चोरी गर्ने समूह सक्रिय रहेको आरोप

  • आइबार​ २५ असो २०८३ ०९:३१ AM
ललितपुर । ललितपुरको हरिसिद्धी क्षेत्रमा कवाडी सामान सङ्कलन गर्ने बहानामा चोरी गर्ने समूह सक्रिय रहेको आरोप लागेको छ। स्थानीयका अनुसार कवाडी सङ्कलन गर्ने आवरणमा घर तथा पसल आसपास पुग्ने केही महिलाले दिनदहाडै सामान चोरी गरेर भाग्ने गरेको बताइएको छ। घटनासम्बन्धी सीसीटिभी फुटेजमा केही महिलाले सामान लिएर भागेको दृश्य देखिएको दाबी गरिएको छ। उक्त घटनाले स्थानीय बासिन्दा तथा व्यवसायीमा सुरक्षा चिन्ता बढाएको छ। यसैबीच, घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको स्थानीयको आरोप छ। चोरीसम्बन्धी उजुरी तथा उपलब्ध सीसीटिभी फुटेजका आधारमा प्रहरीले आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयको ... The post ललितपुरको हरिसिद्धीमा कवाडी सङ्कलन गर्ने बहानामा चोरी गर्ने समूह सक्रिय रहेको आरोप appeared first on Kalika Khabar.