तानसेन :आज वडादसैंको पहिलो दिन घटस्थापनाको दिन। पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनहरूको भिडभाड बढेको छ । भक्तजनहरू बिहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पूजापाठ तथा देवीको दर्शनका लागि भगवती दुर्गाका मन्दिर पुगेका छन् ।नवदुर्गा सुरू भएपछि भगवती मन्दिरका वरिपरी भक्तजनहरू भजन कृर्तन,दुर्गा तथा चण्डी पाठ गर्दै देवीको आराधनामा जुटेका हुन् । तानसेनको भगवती मन्दिर परिसरमा परम्परागत नेवारी भाषाको डाफा भजनले संस्कृति जोगाएको छ । लोपन्म