वैधृति योग र चित्रा नक्षत्रको शान्तिपछि हनुमानढोकामा जमरा राखियो

  • आइबार​ २५ असो २०८३ ०९:३१ AM
काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा रहेको दसैँघरमा बडादसैँको पहिलो दिन घटस्थापनाको शुभ साइत पारेर विधिपूर्वक जमरा राखिएको छ । हनुमानढोकामा तैनाथ नेपाली सेनाको शार्दूलजङ्ग गुल्मका पण्डित वेणुपहरि दाहालले वैधृति योग र चित्रा नक्षत्र परेकाले शान्तिविधि गरेर विधिपूर्वक घटस्थापना गरिएको बताएका छन् । उनले गुरुहरूको सल्लाहअनुसार शान्तिविधि गरी नवदुर्गा भगवतीको आह्वान, स्थापना तथा पूजाआजा गरेर जमरा