ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता विस्तार गरी सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकास गरिएको बताएका छन् । मन्त्री श्रेष्ठले यसअघि तीन दिनअघिसम्मको मौसम पूर्वानुमान गर्न सकिने अवस्था रहेकामा अहिले सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकास गरिएको बताएका हुन् । उनका अनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई