रोहित पौडेलको एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो शतक

  • आइबार​ २५ असो २०८३ ०३:०० PM
काठमाडौं : आईसीसी विश्वकप लिग -२ अन्तर्गत अन्तिम श्रृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध रोहित पौडेलले शतक प्रहार गरेका छन्। ओमानस्थित एल अमेरत क्रिकेट मैदान (ट्रफ-१) मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरेका हुन्। रोहितले १२५ बलमा ८ चौका र १ छक्कासहित शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो तेस्रो शतक हो।