धादिङ : बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ आरुघाटस्थित विशालनगर क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले उक्त क्षेत्रका ५७ घर बगाएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिए।बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित मोटरेबल पक्की पुलसमेत बगाएको छ। पुल बगाएपछि दुई जिल्लाबीचको आवागमन विच्छेद भएको छ। साथै,गोरखा,धादिङहुँदै काठमाडौं जोड्ने वैकल्पिक सडक सञ्जालसमेत अवरुद्ध भएको छ।बाढीका कारण स्थानीय बासिन्दा प्रभावित भएका छन् भने सडक र पुलमा भएको क्षतिले आवागमनम