गोरखा : बुढीगण्डकी बाढीको उद्गमस्थल चुमनुब्री–६ उङ्गिलुङ, धाउलेमा फँसिरहेका तीन जनाको उद्धार हुन सकेको छैन। सुख्खा पहिरोपछि उङ्गिलुङ खोलामा आएको धुवाँ र धुलोले हेलिकोप्टरबाट समेत उद्धार गर्न नसकिएको स्थानीय छिरिङ फुञ्जो लामाले जानकारी दिए।‘खोलाको किनारमा रहेका पाँच गोठका ६ जना बेपत्ता छन्। धाउलेका तीन जना सम्पर्कमा छन्, तर उद्धार गर्न सकिएको छैन’, उनले भने, ‘बिहान दुई, तीनफेर हेलिकोप्टर घुमेर गयो। तर धुवाँ र धुलो उँडेर केही देख्न सक्ने अवस्था पनि भएन। हेलिकोप्टर राख्