काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन बनायो। नेपालको लागि चौथो क्रममा आएका रोहित पौडेलले सर्वाधिक १०१ रनको शतकीय पारी खेले। रोहितले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले छैटौं विकेटका लागि गुल्सन झासँग ८२ रनको साझेदारी बनाएका थिए। एउटा इन्डबाट लगातार विकेट गइरहँदा र